प्रधानमन्त्रीसँग भारतीय सेनाध्यक्षको भेटघाट, भोलि मुक्तिनाथ जाने

नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय सेनाका थल सेनापति जनरल मनोज पाण्डेले मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटघाट गरेका छन् ।

भ्रमण दलका सदस्य र काठमाडौंस्थित भारतीय राजदूतावासका उ्रच्च अधिकारीसहित प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका जनरल पाण्डेसँग प्रधानमन्त्री देउवाले विविध विषयमा छलफल गरेका थिए ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जनरल पाण्डेले सोमबार बिहान माउण्टेन फ्लाईट गरेका थिए । त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण सहित कलेजको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल लिएका थिए ।
उनले कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका थिए ।

जनरल पाण्डे मंगलबार बिहान मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरि सोहीदिन पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *