संसद्को कार्यकाल लम्ब्याउने प्रस्तावबाट पछि हट्यो सरकार

संसद्को कार्यकाल लम्ब्याउने प्रस्तावबाट सरकार पछि हटेको छ । प्रतिनिधि सभाको मंगलबारको दोस्रो बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गरेका थिए । विधेयकमाथि परेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट घण्टी बजाई गणपूरक संख्या गणना गर्न लगाउँदा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको थियो । त्यसअघि मन्त्री कोइरालाले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालकासम्बन्धी प्रावधानका सम्बन्धमा परेको संशोधन प्रस्ताव स्वीकार गरेका थिए ।

सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो । सत्तापक्ष र प्रतिपक्षले नै सो विधेयकका सम्बन्धमा आपत्ति जनाउँदै संशोधन प्रस्ताव पेश गरिएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक यही भदौ २२ गते बुधबार १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *