सर्वोच्चको न्यायाधीशका लागि तीन जनाकाे नाम सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित र न्यायाधीश विनोद शर्मा गौतमलाई सर्वोच्चमा सिफारिस गरेको हो ।

यस्तै नेपाल ल क्याम्पसका डीन डीएन पराजुली पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको न्यायपरिषद्का एक अधिकृतले बताए ।

सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र मीरा खड्काले अवकाश पाएका थिए ।

यस्तै हालका कामु प्रधानन्यायाधीश दिपक कार्की असोजमा अवकाश हुँदैछन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पनि मंसिरमा अनिवार्य अवकाश हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर