भाषा आयोगले बुझायाे राष्ट्रपतिलाई प्रतिवेदन

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आयोगको छैटौं प्रतिवेदन बुझाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा उनले भाषा आयोग ऐन, २०७४ बमोजिम सो आयोगबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । कार्यक्रममा आयोगका पदाधिकारी र कर्मचारीको सहभागिता रहेको थियो ।

नेपालको संविधानबमोजिम गठित सो आयोगले सरकारी कामकाजका लागि प्रादेशिक भाषाबारे यसअघि नै सिफारिस गरिसकेको छ । मातृभाषाको संरक्षण, नेपालमा बोलिने भाषाको ब्याकरण लेखन, अभिलेखनलगायत कार्य आयोगले गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *