पल शाहलाई बलात्कार मुद्दामा सफाइ, बाल यौन दुरुपयोगमा साढे दुई वर्ष कैद, १० लाख क्षतिपूर्ति

अभिनेता पल शाहले बलात्कार मुद्दामा सफाइ पाएका छन्। यद्यपि अदालतले उनलाई बालयौन दुरुपयोग कसुरमा २ वर्ष ६ महिना कैद र २५ हजार जरिवाना सुनाएको छ।

जिल्ला अदातल नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मुद्दामा अन्तिम सुनुवाइ गर्दै मंगलबार पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनसमेत आदेश दिएको छ।

शाहमाथिको बलात्कार आरोपको अर्को मुद्दा जिल्ला अदातल तनहुँमा विचाराधीन छ।

पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन्। तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए।

प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

उक्त आदेशविरूद्ध पल शाह उच्च अदालत पोखरामा पुनरावेदन गराएका थिए। उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।

तनहुँ र नवलपुर दुवै जिल्ला अदालतमा गत वैशाखमा बकपत्र गर्दा पीडित नाबालिग र उनका बुवाले बयान फेरेका थिए। बकपत्रमा नाबालिगले आफूमाथि बलात्कार नभएको बताएकी थिइन् भने उनका बुवाले पनि छोरीले दिएकै बयान ठिक भएको बताएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर