खुस्बु ओली झापा–४ बाट उम्मेदवार सिफारिस

पूर्वमोडल खुस्बु ओली झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको उम्मेदवार सिफारिस भएकी छन्।

मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फ उनलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो।

विभिन्न गैरसरकारी संस्थामा परामर्शदाताका रूपमा कार्यरत झापाकी खुस्बु दुई महिनाअघि राप्रपा प्रवेश गरेकी थिइन्। उनी अहिले राप्रपामा केन्द्रीय प्रशिक्षकको जिम्मेवारीमा छिन् ।

अक्सफोर्ड विश्वविद्यालयबाट राजनीतिशास्त्र अध्ययन गरेकी खुस्बु एसियन फुटबल कन्फेडेरेसन ड्रिम एसिया अवार्डबाट सम्मानित भइसकेकी थिइन्।

खुस्बु प्रहरीसँगको मुठभेडमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ’चरी’की पूर्वप्रेमिकासमेत हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर