नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न गिरोहका तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुली सुनकोशी गाउँपालिका–४ घर भई काठमाडौं बानेश्वर बस्ने एमए जेनरल फोटो स्टुडियोकी सञ्चालिका ४३ वर्षीया सुमित्रा कोइराला र सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–४ घर भई काठमाडौं बानेश्वर बस्ने आरएन फोटो स्टुडियोकी सञ्चालिका २४ वर्षीया फुल्हमु तामाङ रहेका छन्।

काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीमा सञ्चालित विभिन्न फोटो स्टुडियोहरूले एसएलसी, प्लस टु उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरूले खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूबाट ५ सय देखि १ हजार रुपैयाँसम्म लिएर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको अनुसन्धानबाट खुलेको छ। ती फोटो स्टुडियोहरूबाट प्रहरीले ४ थान कम्प्युटर, ४ थान मोनिटर, २ थान पेन ड्राइभ, ४ थान कलर प्रिन्टर र ६ थान विभिन्न नक्कली सर्टिफिकेटसमेत बरामद गरेको छ।

उनीहरूलाई लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर