धनुषामा दुई किशोरी एकै ठाउँ मृत भेटिए, विष सेवन गरेको आशंका

धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो ।

स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।  किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसन्त रजाैरेले किशाेरीहरूले विष सेवन गरेर  आत्महत्या गरेको हुनसक्ने बताए ।

‘मृतक किशोरीहरूका गाउँलेहरूको भनाइअनुसार उनीहरूले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौं,’ एसपी रजौरेले पर्दाफाससँग भने, ‘हत्या भएको भनौं भने मृतक किशोरीहरूको शरीरमा कुनै घाउचोट देखिँदैन । तर, अहिले यही नै हो भनेर किटान गरी भन्न सकिँदैन । पोष्टमार्टम रिपोर्टपछि थप खुल्नेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *