दरबारमार्गस्थित क्लब प्लाटिनममा ‘ग्याङ फाइट’, ६ जना घाइते

काठमाडौंको दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्लब प्लाटिनममा बुधबार मध्यराती ग्याङ भएको छ । घटनामा ६ जना घाइते भएका छन् । प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।

उपत्यका प्रहरीका अनुसार बुधबार राती ११ बजेर ४५ मिनेटमा नाचगान गरि रामाईरहेका मानिसहरुबीच एकआपसमा धकेलधाकल भई झगडा भएको थियो । झगडामा संलग्न १२ जना पुरुष व्यक्तिहरु नियन्त्रणमा लिईएको थियो ।

नियन्त्रणमा लिईएका मध्येका छ जना घाइते अबस्थामा रहेकोले तत्काल उपचारको लागी ट्रमा सेन्टर लगिएको थियो । घटनामा काठमान्डौ महानगरपालिका ८ बस्ने बर्ष २७ का दोर्जे शेर्पाको अवस्था गम्भिर रहेको छ । उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

प्रहरीले अन्य ११ जनालाई उपचारपछि पुन महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर