सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग बिहीबार शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियल साल्मोनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बिहीबार बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेटवार्ता गरेको हो ।

सो भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको जनाउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गरे । उनले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रूपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।

भेटमा फ्रान्स–नेपाल संसदीयमैत्री समूहका अध्यक्ष ड्यानियलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले शक्ति लगाउनुपर्नेमा जोड दिँदै नेपालले वातावणका क्षेत्रमा गरेको काम सराहनीय रहेको बताएका सभामुख सापकोटाको सचिवालयले जनाएकोे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर