प्राविधिक प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशित

प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी जवान पदको अन्तिम नतिजा बिहीबार प्रकाशित गरेको छ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका प्राविधिक प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न २०७८ असोज २२ मा विज्ञापन गरेको थियो।

साे विज्ञापनमा आवेदन गरी प्रदेश प्रहरी तालिम केन्द्रहरू र काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा सञ्चालन भएको अन्तरवार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरूमध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य र वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन भएको हो।

साथै प्रहरी प्रधान कार्यालयले अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य उम्मेदवारहरूले सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराइएको प्रवेशपत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कलै प्रमाणपत्रहरू र प्रतिलिपिहरू ३/३ प्रति, पासपोर्ट साइजको फोटो ५ प्रति साथमा लिई २०७९ असोज २ गते आइतबार बिहान ११ः०० बजे सम्बन्धित परीक्षा केन्द्रहरू (प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, राजविराज, दधौली, पोखरा, बुटवल, नेपालगञ्ज, दिपायल र काठमाडौं उपत्यका प्रहरी शिक्षालय) मा उपस्थित हुन भनेको छ।

हेर्नुहोस् अन्तिम नतिजा : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर