सेना र प्रहरीलाई १० दिनभित्र बहाल कर बुझाउन काठमाडौं महानगरको पत्र

काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन पत्र काटेको छ।

नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन भनेको हो।

महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटकपटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरेका छन्।

अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने चेतवानी पत्रमा दिइएकाे छ।

महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद् लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहाल कर तिर्न पत्राचार गरेको छ।

हेर्नुस् महानगरकाे पत्र :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *