बेलायती महारानीको स्वास्थ्य अवस्था गम्भीर, चिकित्सकहरूद्वारा चिन्ता व्यक्त

बेलायती महारानी एलिजावेथ द्वितीयको स्वास्थ्य गम्भीर देखिएपछि चिकित्सकहरुको निरागानीमा राखिएको छ । बकिङघम दरबारले विज्ञप्ती जारी गर्दै महारानीको स्वास्थ्यको विषयमा चिकित्सकहरुले चिन्ता व्यक्त गरेको जनाएको छ । बीबीसीले महामारी एलिजाबेथ अहिले बस्दै आएको स्कटल्यान्डस्थित बोलमोरल दरबारबारमा चिकित्सकहरुको निगरानीमा राखिएको जनाएको छ । बिहीबार बिहान महारानीको स्वास्थ्य अवस्थाको मूल्याकंन गरेपछि चिकित्सकहरुले चिन्ता व्यक्त गरेका हुन् । तर दरबारले ९६ वर्षिया महारानी ‘सुविस्तै अवस्थामा रहेको’ जनाएको छ ।
युवराज चार्ल्स र क्यामेलिया बालमोरल पुगेका छन् र राजकुमार विलियम पनि त्यसतर्फ जाँदै गरेको बीबीसीले जनाएको छ । प्रधानमन्त्री लिज ट्रससहित विभिन्न राजनीतिज्ञहरुले पनि महारानीको स्वास्थ्य सम्बन्धी समाचारमा पुरै देशमा गम्भीर चासो भएको बताएका छन् । उनीहरुले स्वास्थ्यलाभको कामना गरेका छन् ।

बीबीसीले पछिल्लो क्रममा तीव्र गतिमा विकसित भएको घटनाक्रमहरुले पनि विषयको गार्भियता देखाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *