ड्युटीमा खटिएका प्रहरीलाई एक हजार रुपैयाँ घुस

ड्युटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई काठमाडौंको वसुन्धरा बस्ने ३३ वर्षका कृष्णबहादुर विक छन्।

मंगलबार राति ८ बजेदेखि ११ बजेसम्मको सुरक्षा योजनाअनुसार काठमाडौं महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्कस्थित विष्णुमती पुलमा प्रहरी प्रभाग गोङ्गबुका प्रहरी सहायक निरीक्षक सञ्जमान तामाङ चेकिङ ड्युटीमा खटिएका थिए। राति १०ः५० बजे मोटरसाइकलमा सवार विकलाई तामाङले रोकेर जाँच गर्न थालेपछि विकले एक हजार रुपैयाँ घुस दिन खोजेका थिए।

विकलाई नियन्त्रणमा लिई प्रहरी प्रभाग गोङ्गबुमा राखेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर