बेलायती महारानी एलिजाबेथको ९६ वर्षमा निधन

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनी ९६ वर्षकी थिइन् । बेलायती राजतन्त्रको प्रमुखको रुपमा सबैभन्दा लामो समय एलिजाबेथले शासन गरिन् । उनको शासन ७१ वर्ष १ सय १० दिनको थियो ।

महारानी एलिजाबेथको स्थानीय समयअनुसार बिहीबार अपरान्ह स्कटल्यान्डको बालमोरालस्थित दरबारमा शान्तिपूर्ण रुपमा निधन भएको बकिङघम दरबारले जनाएको छ ।

आमाको निधन हुने वित्तिकै चार्ल्स थर्ड बेलायतको नयाँ राजा बनेका छन् । उनले आमाको निधन आफू र आफ्नो परिवारका लागि सबैभन्दा ठूलो दुखको क्षण भएको बताए। राजा चार्ल्सले शुक्रबार देशको नाममा सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

एलिजाबेथले उतार चढावपूर्ण समयमा राजतन्त्रको प्रमुखको जिम्मेवारी सम्हालिन । यस समयमा बेलायती साम्राज्यको समाप्ति र विश्व आधारभूत रुपमा परिवर्तन भयो ।

एलिजाबेथ संयुक्त अधिराज्य र अष्ट्रेलिया, क्यानडा र जमैकासहित अन्य १४ देशको राष्टाध्यक्ष हुन् । महारानीले मंगलबार मात्रै प्रधानमन्त्रीमा नियुक्त गरेकी लिज ट्रसले आधुनिक बेलायतको जग स्थापना गरेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *