एमालेको कमजोर बोली, भित्रभित्रै लोसपासँग तालमेल प्रयास

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा स्थानीय तहमा भिन्न पार्टीसँग सहकार्यका लागि खुला रहने तर केन्द्रमा गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमाले केन्द्रमै चुनावी तालमेलको कसरतमा जुटेको छ। एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग चुनावी सहकार्यको प्रयास गरिरहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग यसबारे लगातार छलफल गरिरहेको स्रोतले जनाएको छ। एमालेका एक नेताले पनि ओली र ठाकुरबीच चुनावी सहकार्यबारे छलफल भएको र सहकार्य गर्ने विषयमा दुवै पक्ष सकारात्मक रहेको बताए।

लोसपाका एक नेताले दुई दलबीच सिट बाँडफाँटको विषय चाँडै टुङ्गिने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *