काठमाडौंको गोकर्णेश्वरबाट नगद ६५ हजारसहित २२ जना जुवाडे पक्राउ

काठमाडौंको गोकर्णेश्वरबाट नगद ६५ हजार ७ सय ४० रुपैयाँसहित २२ जना जुवाडे पक्राउ परेका छन्।

गोकर्णेश्वर नगरपालिका–७ अर्यालगाउँ बस्ने ४९ वर्षीय राते लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित २२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई साे नगद र ६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *