सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट डोटीबाट प्रतिनिधि सभाकाे उम्मेदवार सिफारिस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र) ले भट्टलाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको हो ।

पार्टीले प्रतिनिधि सभा समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तीमगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरिएको हो ।

त्यस्तै प्रदेश सभा क र ख दुवै क्षेत्रका लागि प्रत्यक्षतर्फ तीन–तीन जना सिफारिस भएका छन् । प्रदेश सभा क का लागि भरत बोहरा ‘योगेन्द्र’, रमेश नागरी र बलबहादुर ओली सिफारिस भएका छन् भने भने ख का लागि शिवसिंह ओली, मीनबहादुर घर्ती ‘विश्व’ र प्रेम कुँवर ‘प्रख्यात’ सिफारिस भएका छन् ।

समानुपातिकमा प्रदेश सभा कतर्फ गीता सोव नेपाली, पूर्णराज जोशी र कृष्ण विकलाई सिफारिस गरिएको छ । प्रदेश सभा खतर्फ सिद्धराज विक ‘विश्वप्रकाश’, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा विक सिफारिस भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर