बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने सरकारको निर्णय

सरकारले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो। त्यसप्रति सरकारले गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ।

यस्तै यस दुखद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति समवेदना व्यक्त गरेकाे छ।

स्वर्गीय महारानीको सम्मानमा भदौ २५ गते शुक्रबारदेखि २७ गते आइतबारसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ।

उता छिमेकी देश भारतले पनि महारानी एलिजाबेथको निधनमा आइतबार एकदिने राष्ट्रिय शोक घोषणा गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *