आइतबारसम्म सीट बाँडफाँटको टुङ्गो लाग्ने झलनाथ खनालको दावी

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँट आइतबारसम्म सकिने बताएका छन् । पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले सिट बाँडफाँटको विषय अन्तिम चरणमा पुगेको बताएका छन् । नेता खनालले ‘सहमतिको ९० प्रतिशत कोर्स पूरा गरेको’ बताए ।

‘एमाले राप्रपा र पाँच दलीय गठबन्धन, यसपालि गठबन्धन गठबन्धनका बीचमा अर्को चुनाव हुनेवाला छ,’ उनले भने, ‘यस चुनावको परिणामका विषयमा सिङ्गो देशले जिज्ञासाका साथ हेरिरहेको छ, हामी वार्ताका क्रममा छौँ, हामी सहमतिको नजिक पुगेका छौँ, पर्सिसम्म हामी सहमतिमा पुग्छौँ ।’ सत्तारुढ गठबन्धनले एक महिनाअघिदेखि कार्यदल निर्माण गरेर सीट बाँडफाँटको विषयमा छलफल अघि बढाएपनि परिणाम निस्कन सकेको छैन ।
गठबन्धनका बिच सहमति भए पनि आफूहरू चुनावको मैदानमा निस्कने नेता खनालले बताए ।
मुलुकमा वाम एकता इतिहासदेखि अहिलेसम्म पनि उत्ति कै महत्वपूर्ण र आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *