चार्ल्स तृतीयलाई बेलायतकाे राजा घोषणा गर्ने औपचारिक कार्यक्रम आज

चर्ल्स तृतीत सेन्ट जेम्स प्यालेसमा शनिबार आयोजना हुने समारोहमा गद्दी आरोहण गर्दैछन् । बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन हुने वित्तिकै राजा बनेका चार्ल्सलाई शनिबार औपचारिक समरोहकाबीच राजा घोषणा गर्न लागिएको हो ।

त्यस समयमा एलिजाबेथको निधनको शोकमा आधा झुकाइएको झण्डा पूर्ण रुपमा फहराइने छ । यस प्रकारको कार्यक्रम आइतबारसम्म बेलायतको विभिन्न स्थानमा सञ्चालन हुने छ । पछि पुन झण्डालाई आधा झुकाइने छ ।

यस प्रकारको कार्यक्रम पहिलो पटक टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्न लागिएको हो । बेलायतको महारानीको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो । उनले बेलायतमा ७१ वर्ष शासन गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर