अरबमा खेल, विराटनगरमा जुवा

प्रहरीले संयुक्त अरब इमिरेट्समा भइरहेको एशिया कप क्रिकेट खेलामा जुवा (सट्टेबाजी) खेल्ने ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–११ मा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले जुवा खेलाउनमा प्रयोग गरिएको ४ थान मोबाइलहरू र १८ हजार ५ सय रुपैया नगदसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ पिचरा बस्ने ४२ वर्षका राजेश ठाकुर, २८ वर्षका रवि सहनी, ३४ वर्षका नारायण श्रेष्ठ र २३ वर्षका अजय सहनी रहेका छन् ।

एशिया कप क्रिकेटमा देशभर सट्टेबाजी भइरहे पनि काठमाडौं प्रहरीले सेटिङमा छुट दिइरहेको आरोप लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर