चार्ल्स तृतीय औपचारिक रूपमा बेलायतको राजा घोषित

चार्ल्स तृतीय औपचारिक रूपमा बेलायतको राजा घोषणा भएका छन्। उनी आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयाको निधनलगत्तै राजा बनेका थिए। तर, आमाको निधनको दुई दिनपछि शनिबार एक ऐतिहासिक बैठकले औपचारिक रूपमा ७६ वर्षीय उनलाई राजा घोषणा गरेको हो।

लन्डनको सेन्ट जेम्स प्यालेसमा आयोजित टेलिभिजन समारोहमा वरिष्ठ राजनीतिज्ञ, न्यायाधीश र अधिकारीहरू मिलेर बनेको एक्सेशन काउन्सिलले उनलाई राज्य अपार्टमेन्टमा राजाको रूपमा घोषणा गरेको हो।

यो ऐतिहासिक समारोह टेलिभिजनमा पहिलोपटक प्रसारण गरिएको थियो।

त्यस अवसरमा एलिजाबेथको निधनको शोकमा आधा झुकाइएको झण्डा पूर्ण रूपमा फहराइएको थियो। यस प्रकारको कार्यक्रम आइतबारसम्म बेलायतका विभिन्न स्थानमा सञ्चालन हुनेछ। पछि पुन: झण्डालाई आधा झुकाइनेछ ।

महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो। उनले बेलायतमा ७१ वर्ष साशन गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर