अमेरिकाको मेरिल्याण्डमा गोली प्रहारबाट तीन बालबालिकासहित पाँच जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई वयस्क र तीन बालबालिका छन् ।

सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए।

सो जानकारीपछि सुरक्षा अधिकारीहरू सो निवासमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानमा फेला पारेका थिए।

‘यो हाम्रो काउन्टी र हाम्रो समुदायका लागि दुःखद र भयानक दिन हो,’ सेसिल काउन्टी शेरिफ स्कट एडम्सले शुक्रबार दिउँसो पत्रकारहरूलाई बताएका छन् ।

घटनाबारे सक्रिय रूपमा अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *