रामकुमारी झाँक्री गुल्मी २ बाट सिफारिस

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिस भएकी छन्। पार्टीको क्षेत्रीय कमिटीले झाँक्रीलाई सो क्षेत्रबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेलदवार सिफारिस गरेको हो।

सो क्षेत्रमा नेकपा एमालेबाट गोकर्ण विष्ट यसअघि नै उम्मेदवार सिफारिस भइसकेका छन्। कुनै बेलाका सहकर्मी झाँक्री र विष्टबीच हुन लागेको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।

२०७४ को निर्वाचनमा विष्ट सोही क्षेत्रबाट निर्वाचित भएका थिए। झाँक्री र विष्ट दुवै जना चुनावको तयारी सक्रिय छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर