
काठमाडौंको महाराजगञ्जबाट एक किलो सुनसहित दुई जना पक्राउ


काठमाडौंबाट एक किलोग्राम सुनसहित शनिबार दिउँसो दुई जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–४ महाराजगञ्ज शंखपार्कस्थित सडकबाट एक किलो सुनसहित धादिङको रुबीभ्याली गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङसहित दुई जना पक्राउ परेका हुन्। अर्का एक जनाकाे प्रहरीले परिचय खुलाएकाे छैन।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई सो सुनसहित पक्राउ गरेको हो।
उनीहरूका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया