साढे सात लाख नगदसहित वीरगञ्जबाट हुण्डी कारोबारी पक्राउ

पर्सा प्रहरीले सात लाख ५० हजार बढी नगदसहित एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। पसाको पोखरिया नगरपालिका वडा नं.९ बैरिया विर्ता बस्ने ३५ वर्षका महम्द रिजवान आलम ७ लाख ५३ हजार ३ सय रुपैयाँ स्रोत नखुलेको रकमसहित आइतबार पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वीरगञ्ज–२ श्रीराम सिनेमा हल पछाडि गोरेटो सडकखण्डबाट पक्राउ गरेको हो। आलम सवार प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाइकल रोकी चेकजाँच गर्दा आलमले लगाएको जिन्सपाइन्टको खल्तीमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त रकम फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए।

आलमलाई बरामद रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्वको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर