राअविका पाँच एसएसपीको डीआईजीमा बढुवा, दुई डीआईजीको सरुवा

राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा पाँच जना एसएसपी डीआईजीमा बढुवा भएका छन् । बढुवा हुनेमा ओम खड्का, कृष्ण खनाल, रामप्रसाद दाहाल, प्रजेशसिंह हमाल र भीमबहादुर बुढाथोकी छन्। उनीहरूको डीआईजीसरहको अनुसन्धान निर्देशक पदमा बढुवा भएको हो।

बढुवासँगै चार जनाले प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन्। खड्कालाई सुदुरपश्चिम, खनाललाई प्रदेश नम्बर १, दाहाललाई कर्णाली तथा हमाललाई प्रदेश नम्बर २ को जिम्मेवारी दिइएको छ। बुढाथोकीको भने प्रधान कार्यालयमै पदस्थापन भएको छ।

त्यस्तै दुई डीआईजीको सरुवा पनि भएको छ। प्रदेश नम्बर १ मा कार्यरत प्रकाश पाण्डेको बागमती तथा सुदुरपश्चिममा कार्यरत मधु कार्कीको गण्डकीमा सरुवा भएको छ ।

डीआईजी बढुवासँगै गुप्तचरमा लामो समयदेखि रोकिएको बढुवाको जाम खुलेको छ । तल्लो तहमा भने विभागमा नयाँ प्रमुख नियुक्ति भएपछि मात्र बढुवा हुने सम्भावना छ । हालका प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर