हुन्डाई नेपालको ‘परिवर्तनको सुरुवात आफैँबाट’ अभियानअन्तर्गत पचली भैरवमा सरसफाइ

हुन्डाई नेपालले ‘बि (भी) द चेन्ज’ अभियानअन्तर्गत पचली भैरव मन्दिर, टेकुमा सरसफाइ गरिएको छ।

आइतबार भएको सो कार्यक्रममा पुरातात्विक र धार्मिक महत्त्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाइ गरिएको थियो।

हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको उक्त कार्यक्रममा स्कुल र मन्दिर परिसरमा रङ पनि लगाइएको थियो। कार्यक्रम मन्दिर व्यवस्थापन समिति र विद्यालय प्रशासनसँगको समन्वयमा सरसफाइको सवालमा समुदायको आवश्यकतालाई हेरेर आयोजना गरिएको थियो।

हुन्डाई नेपालको ‘बि (भी) द चेन्ज’ हुण्डाई मोटर कम्पनीको पर्यावरणमैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहलस्वरूप ल्याइएको कार्यक्रम हो। ‘बि (भी) द चेन्ज’ मा बि (भी)को अर्थ आजको दिनमा कार्बन न्युट्रालिटिको पर्याय नै बनेको ‘ब्याट्री इलेक्ट्रिक भेहिकल’ हो भने ‘बि (भी) द चेन्ज’ (परिवर्तनको सुरुवात आफैँबाट) भन्ने अवधारणालाई आत्मसाथ गर्दै ल्याइएको हो।

‘बि (भी) द चेन्ज’ अभियानअन्तर्गत यही महिनाको सुरुवातमा रातोमाटे डाँडा, चुनिखेलमा वृक्षरोपण पनि गरिएको थियो। साधारण सवारी साधनह‘को कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्न गरिएको उक्त कार्यक्रममा ४० भन्दा बढी विद्युतीय गाडीका ग्राहकसँगै १५० भन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो।

आगामी दिनमा पनि कम्पनीले ‘बि (भी) द चेन्ज’अन्तर्गत पर्यावरण र दिगोपनसम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटी कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। कम्पनीले कार्बन न्यूट्रालिटीतर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरणमैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ।

हुन्डाई मोटर कम्पनीले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा ‘गोल अफ द सेन्चुरी’ नामक विश्वव्यापी अभियान सुरु गरेको थियो। यस अभियानले फुटबलको विश्वव्यापी आकर्षणमार्फत फुटबलप्रेमीहरू र अन्यलाई पनि दिगोपनको अभ्यासमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर