समाचार विषयमा बिबाद गर्न एभिन्युज टेलिभिजन पुगेका ५ जना पक्राउ

प्रहरीले बालगृहमा भएको यौन दुर्व्यहारको विषयमा प्रशारित समाचारलाई लिएर एभिन्युज टेलिभिजन कार्यालयअघि बादबिबाद गर्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ गर्ने पाँचौं जना ललितपुरको कुसुन्तीस्थित अनन्त सेवा नेपाल बालगृहका कामदार हुन् ।

पक्राउ पर्नेमा संखुवासभाकी दीपा राई, मकवानपुरकी संगीता राई, कैलालीका उपदेश बडुवाल, डडेल्धुराका यावेश भट्ट, र डोटीका नरेश बलायर रहेका छन् । पक्राउ पर्नेहरुसँग सोधपुछ भैरहेको प्रहरीले जनाएको छ ।
एभिन्युज टेलिभिजनले आईतबार साँझ बालगृहका सञ्चालक उदयराज भट्टले बालबालिकालाई यौन शोषण गरेको समाचार प्रशारण गरेको थियो । त्यस लगत्तै बालगृहको कर्मचारी बिबाद गर्न महाराजगंज नारायणगोपाल  चोकस्थित  एभिन्युज टेलिभिजन कार्यालय पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *