आन्तरिक राजस्व कार्यालय महाराजगञ्जकी कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

आन्तरिक राजस्व कार्यालय, महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

प्रधानविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

गत साउन १८ गते कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिको लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको थियो।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को (ख) बमोजिम कैद सजायको मागदाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर