स्रोत नखुलेको झन्डै ७३ लाख नगदसहित सीमा क्षेत्रबाट एक जना पक्राउ

नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पक्राउ परेका छन्।

नेपाल–भारत सीमा रूपन्देहीको सुनौलीबाट स्रोत नखुलेको ७२ लाख ८० हजार रुपैयाँसहित सिद्धार्थनगर नगरपालिका दयापथका ३८ वर्षीय सुभाष सुनार पक्राउ परेका हुन्।

भारतबाट कार चढेर नेपाल आउँदै गरेका उनलाई दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा सो रकम फेला परेपछि पक्राउ गरेको हो।

सोमबार बिहान १० बजे नेपाल आउँदै गरेका उनलाईसीमा सुरक्षा बल एसएसबी र सुनौली प्रहरीले संयुक्त चेकजाँच गर्दा सो रकम फेला परेको र उनले त्यसको स्रोत खुलाउन नसकेको बताइएको छ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर