सभामुख सापकोटा र चिनियाँ जनकंग्रेस अध्यक्षबीच भेटवार्ता, आजै रात्रिभोजमा सहभागी हुँदै

चीनका राष्ट्रिय जन कांग्रेस स्थायी समिति सदस्य ली चान्सु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलको टोली र सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ।

चान्सु नेतृत्वको टोलीले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा द्विपक्षीय भेटवार्ता गरेको हो।

सोमबार नेपालको तीन दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका चान्सुलाई सभामुख अग्नि प्रसाद सापकोटाले विमानस्थलमा स्वागत गरेका थिए।

आजै सभामुख सापकोटाले उनको सम्मानमा होटल सोल्टीमा रात्रि भोजको आयोजना गरेका छन्।

सीपीसीको २० औं जनकंग्रेसअघि ली नेपाल भ्रमणमा आएका हुन् । अक्टोबरमा हुने तय भएको जनकंग्रेसले नयाँ नेतृत्व छनोट गर्ने छ । अध्यक्ष ली पनि जिम्मेवारबाट बाहिरिने सम्भावना छ ।

नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्मुखमा रहेका बेला लीको नेपाल भ्रमणलाइ चासोका साथ हेरिएको छ ।

उनी रुस, मंगोलिया हुँदै नेपाल आएका हुन् र नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम छ । मन्त्रीस्तरका ६ नेतासमेत रहेको लीको टोली विशेष विमानमा नेपाल आएका सरकारी अधिकारीले जनाएका छन् । ली सीपीसीको तेस्रो वरीयतामा पर्छन् ।

अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि अध्यक्ष लीको नयाँ बानेश्वरमै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अध्यक्ष लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ । ती दुवै भेटवार्ता बानेश्वरको संसद् भवनमै हुनेछन् । ली बिहीबार नेपालबाट फर्कने कार्यक्रम छ । नेपालबाट उनी दक्षिण कोरिया जाने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *