नेपाल र चीनबीच ६ बुँदे समझदारी

नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको हो ।

संघीय संसद् भवन नयाँबानेश्वरमा आयोजित विशेष समारोहबीच समझादारी पत्रमा सभामुख सापकोटा र अध्यक्ष लीले हस्ताक्षर गरेका छन् ।

उक्त समझारी पत्रमा ६ ओटा बुँदा रहेका छन् । जसमा बहुआयामिक माध्यमबाट सबै तहमा अन्तर संसदीय आदानप्रदान र सहयोग सुदृढ गर्नेदेखि दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्क आदानप्रदान गर्ने सहमति भएको छ ।

साथै बेल्ट एन्ड रोड इनिसियटिभ्समार्फत् समेत दुई मुलुकहरूबीच अन्तर आवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण तथा इन्टर पार्लियामेन्ट्री युनियन लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरूको खाका अन्तर्गत सहयोग सुदृढ गर्न दुई देशका प्रतिनिधि सहमत भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली सोमबार दिउँसो नेपाल आइपुगेका हुन् । उनी ६७ जनाको टोलीको नेतृत्व गर्दै पहिलोपटक नेपाल आएका हुन् । अध्यक्ष ली चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वास पात्र पनि मानिन्छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर