प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतबीच भेटवार्ता

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका बेरीले जंगी अड्डास्थित शर्माको कार्यकक्षमा भेट गरेका हुन् ।

भेटमा शर्माले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाइ दिँदै सुखद् भविष्यको लागि शुभकामना व्यक्त गरे । नेपाली सेनाले यस प्रकारको भेटबाट दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

बेरीलाई वासिङ्टनले यसअघि नै नामिबियाका लागि राजदूतका लागि सिफारिस गरिसकेको छ । अब नेपालका लागि अमेरिकी नयाँ राजदूतमा डिन थम्पसन केही सातापछि नेपाल आउँदै छन् । गत चैतमा अमेरिकी राष्ट्रपति जो बाइडेनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्तिको सिफारिस गरेका थिए ।

नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख म्यानुअल पी माइकलरलाई पनि अमेरिकाले ताजिकिस्तानको लागि राजदूत सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर