प्रधानमन्त्रीलाई चिनियाँ जनकंग्रेस अध्यक्ष लीले आज भेट्ने

नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु मंगलबार उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् ।

सोमबार ६७ सदस्यीय  उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आइपुगेका अध्यक्ष लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेटवार्ता गर्नेछन् ।

उनले विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष लि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानेछन् । चिनियाँ सरकारमा दोस्रो वरियतामा रहेका चान्सु कम्युनिष्ट पार्टीका तेस्रो ठूलो नेता हुन् । सोमबार मात्रै सभामुख अग्निप्रसाद सापकोटासँग द्वीपक्षीय वार्ता गरेका थिए । नेपाल र चीनको संसदमा बीच सहकार्यको विषयमा ६ बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर