सचिव भएको ३ महिनामै सिंहलाई गृहसचिवको जिम्मेवारी, अख्तियारमा घिमिरे
सरकारले विनोदप्रकाश सिंहलाई गृह सचिवमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ का प्रमुख सचिव सिंहलाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हाे।
गृह प्रशासनमा लामाे अनुभव राख्ने सिंहलाई सचिवमा बढुवा भएको ३ महिना नपुग्दै गृहमन्त्रालयको जिम्मेवारी दिइएकाे हाे । उनी विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी र मन्त्रालयमै काम गरेका अधिकारी हुन् ।
हालका गृह सचिव टेकनारायण पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा तानिएको छ ।
अख्तियारमा प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई पठाइएको छ ।
प्रतिक्रिया