सेप्टेम्बर यता ६ हजार वर्ग किलोमिटर भूभाग रुसबाट खोसेको युक्रेनको दावी

युक्रेनी फौजले गरेको प्रत्याक्रमणमा रुसबाट थप भूभाग खोस्न सफल भएको युक्रेनका राष्ट्रपतिले दावी गरेका छन्।
भ्लादोमिर जेलेन्स्कीले सेनाले रुसको नियन्त्रणमा रहेको ६ हजार वर्ग किलोमिटर भूभाग सेप्टेम्बरमा पुन नियन्त्रण गरेको बताएका छन् । तर उनको दावीको स्वतन्त्र रुपमा पुष्टी भने भएको छैन ।
रुसले उत्तर पूर्वी खार्किभ क्षेत्रममा महत्वपूर्ण शहरहरु गुमाएको स्वीकार गरेको छ । जसलाई केही सैन्य विज्ञहरुले युद्धमा प्राप्त गरेको महत्वपूर्ण उपलब्धी भनेर व्याख्या गरेका छन् ।
मस्कोले त्यस क्षेत्रबाट सैनिक फिर्तिलाई युक्रेनको पूर्वी क्षेत्र लुहान्स्क र डोबान्स्क क्षेत्रका केन्द्रित हुनका लागि पुनसंगठित गरिएको प्रयास भएको जनाएको छ ।
यो दावीको रुसमा समेत हाँसीमजाकको विषय बनेको छ । सामाजिक सञ्जालमा यो दावीलाई’लज्जापूर्ण’ भनेर व्याख्या गरिएको छ । युक्रेन युद्धलाई नजिकबाट नियाली रहेका संस्थाहरुले ती ठाउँहरुमा रुस कतिपय हतियार समेत छाडेर हिडेको जनाएको छ । यसअघि अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले प्रत्याक्रमणमा महत्वपूर्ण उपलब्धी हासिल गरे पनि परिणामको बारेमा अहिले अनुमान गर्ने चाँडो हुने बताएका थिए । सोमबार अबेर भिडियोमार्फत सम्बोधन गर्दै युक्रेनका राष्टेरपति जेलेन्स्कीले भने, ‘सेप्टेम्बर सुरु भए यता हाम्रो योद्धाहरुले युक्रेनको पूर्व तथा दक्षिणतर्फको ६ हजार वर्ग किलोमिटर मुक्त गरेका छन् ।’ युक्रेनले प्रत्याक्रमणलाई अझै तीव्र पार्ने उनले जनाएका छन् । यसअघि बिहीबारको सम्बोधनमा जेलेन्स्कीले १ हजार वर्ग किलोमिटर रुसी नियन्त्रणबाट खोसेको दावी गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर