साइबर ब्यूरोले भन्यो- बच्चा चोरी गर्ने व्यक्ति भित्रिएको कुरा झुटो हो, भ्रम फैलाउनेलाई कारबाही हुन्छ

प्रहरीले भारतबाट नेपालमा बच्चा चोरी गर्ने व्यक्ति भित्रिएको कुरामा कुनै सत्यता नरहेको जनाएको छ। प्रहरीको साइबर ब्यूरोले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएको स्पष्ट पारेको हो।

‘भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चा चोरी गरी भारत लगेर मिर्गौला, आँखालगायतका शरीरका विभिन्न अङ्गहरू झिकी बिक्री गर्ने गरेको भन्ने व्यहोरा लेखेर विभिन्न व्यक्तिहरूका तस्बिरहरूसमेत संलग्न गरी सामाजिक सञ्जालमा फैलाएको भ्रामक प्रचारप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ,’ ब्यूरोले जारी गरेको सूचनामा भनिएको छ।

सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैं देशभर रहेका कुनै पनि प्रहरी कार्यालयहरूमा हालसम्म कुनै पनि माध्यमबाट उजुरी वा सूचना प्राप्त नभएकाले त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न ब्यूरोले आग्रह गरेको छ। साथै सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जोकोहीलाई कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत ब्यूरोले दिएको छ।

सामाजिक सञजालमा बच्चा चोरी गर्ने व्यक्ति भित्रिएको सूचना फैलिएपछि नागरिक त्रसित बनेका छन्।

हेर्नुहाेस् सूचना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर