नेपालले बाढी-पहिरोकाे चपेटामा परेकाे पाकिस्तानलाई दुई करोडको राहत दिने

नेपाल सरकारले बाढी–पहिरोको चपेटामा परेको पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरूप सहयोग उपलब्ध गराउन लागिएको जनाएका छन्।

भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ।

केही दिनयताको अविरल वर्षौपछि आएको बाढी–पहिरोमा परी एक हजार बढीको मृत्यु भएको छ भने हजारौं घाइते र विस्थापित भएका छन्।

पाकिस्तानमा विपद्मा परी मृत्यु हुनेप्रति नेपाल सरकारले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *