खेलकुदमन्त्री गहतराज बाँके १ बाट उम्मेदवार सिफारिस

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज बाँके निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार प्रतिनिधि सभाको उम्मेदवार सिफारिस भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिनिधि सभाको उम्मेदवारमा मन्त्री गहतराजसँगै सात जनाको नाम सिफारिस गरेको पार्टीका जिल्ला संयोजक डम्बर विकले जानकारी दिए । उनका अनुसार मन्त्री गहतराजसँगै लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी, नेताहरू नरेन्द्र न्यौपाने, नरबहादुर केसी, प्रकाश सुवेदी, ओमप्रकाश केसी र अशोक रोकायको नाम सिफारिस भएको छ ।

मन्त्री गहतराजले वि.सं. २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेकपा (एमाले)सँगको गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए । उनले दोस्रोपटक यही क्षेत्रबाट उम्मेदवारको आकांक्षा देखाएका छन् । गत निर्वाचनमा प्रदेश सभातर्फ प्रत्यक्ष निर्वाचित भएकी कृष्णा पनि यसपटक प्रतिनिधि सभामा आकांक्षी छिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर