विराटनगरका मेडिकल व्यवसायीलाई धम्क्याएर रकम असुलेको आरोपमा एक जना पक्राउ

मोरङमा मेडिकल औषधी व्यवसायी तथा मेडिकाल डाक्टरलाई धम्क्याएर रकम असुल गरेको आरोपमा एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने ३३ वर्षका विजय दाहाललाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनले विराटनगर महानगरपालिकाअन्तर्गत रहेका विभिन्न औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूलाई विभिन्न धाक धम्की दिएर डर–त्रास देखाई रकम माग गर्ने गरेको आरोप छ। यसबारे प्राप्त सूचानाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो।

उनीविरुद्ध अपराधिक लाभ कसुरमा मोरङ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *