नेपाली सेनाका चारजना कर्णेलको ब्रिगेडियर जनरलमा बढुवा, पदस्थापनसँगै नौजनाको सरुवा

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले चारजना महासेनानी (कर्णेल) को सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ । उनीहरुको पदस्थापनसँथै थप नौजना सहायक रथीको सरुवा गरिएको सैनिक सचिव विभागको पत्रमा उल्लेख छ ।

२१ भदौंमा बढुवा भएकाहरुको २३ भदौंमा सरुवासमेत भएको छ ।

बढुवा हुने कर्णेलहरुमा विशेष इन्टेलिजेन्स निर्देशनालयमा रहेका रञ्जित थापा, उपत्यका कमाण्ड हेड क्वार्टरका रामचन्द्र कार्की र अनिल सिंह तथा युध्दकार्य निर्देशनालयका महासेनानी लीलाबहादुर खनाल क्षेत्री रहेका छन् ।

उनीहरुको बढुवापछि सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयमा रहेका रञ्जित थापालाई पूर्वी कमाण्ड हेडक्वार्टर, कार्कीलाई बाहिनीपति नम्बर ६ बैरेनी र सिंहलाई उपत्यका कमाण्ड हेड क्वार्टरमै सहायक रथीमा पदस्थापन गरिएको छ ।

यस्तै लीलाबहादुर खनाल क्षेत्रीलाई सहायक रथीको जिम्मेवारीपछि नम्बर ७, बाहिनी अड्डा खरिपाटीमा सरुवा गरिएको छ ।

यस्तै सरुवा हुने सहायक रथीहरुमा तालिम योजना तथा अभ्यास निर्देशनालयका दिपेशजंग शाहलाई नम्बर ५ बाहिनी अड्डा,सैनिक कमाण्ड तथा स्टाफ कलेजका कृष्णबहादुर जिसीलाई शोध तथा विकास महानिर्देशनालय र नम्बर ७ बाहिनी अड्डाका सहायक रथी किरण केसीलाई राष्ट्रिय सेवा दलको निर्देशक बनाइएको छ ।

सरुवा गरिएका अन्य सहायक रथीहरुमध्ये नम्बर ५ बाहिनी अड्डाका मानबहादुर महरालाई मानव अधिकार निर्देशनालयको निर्देशक,नम्बर ६ बाहिनी अड्डाका रविन्द्र केसीलाई तालिम, योजना तथा अभ्यास निर्देशनालयको निर्देशक र नम्बर २८ बाहिनी अड्डाका हिम्मतबहादुर विष्टलाई सैनिक कल्याणकारी महानिर्देशनालयमा सरुवा गरिएको पत्रमा उल्लेख छ ।

यस्तै पूर्वी कमाण्ड हेडक्वार्टरका सहायक रथी भोलानाथ थापा सैनिक इन्टेलिजेन्स कोरमा,सोही कोरका सानुकाजी थापा नम्बर २८ बाहिनी अड्डाको बाहिनीपति र उपत्यका कमाण्ड हेड क्वार्टरका भुवनपूर्ण सत्याललाई अति विशिष्ट तथा विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयको निर्देशक बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर