सुनका गहना लगाएका व्यक्तिलाई पिछा गर्दै एकान्तमा लुटपाट, ६ जना पक्राउ

प्रहरीले सुनका गहना लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ ठेगाना भएका २२ वर्षीय बुद्ध तामाङ, उदयपुर त्रियुगा नगरपालिका–७ ठेगाना भएका २३ वर्षीय विशाल राई, सिन्धुली मरिन गाउँपालिका–५ ठेगाना भएका २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–३ ठेगाना भएका २१ वर्षीय सुदीप भण्डारी, मोरङ पथरीशनिश्वरे नगरपालिका–८ ठेगाना भएका ४० वर्षीय चन्द्रबहादुर विक र भारत महाराष्ट्र सिङ्ली घर भई काठमाडौं महानगरपालिका–७ बस्ने ३५ वर्षीय अमोल भोसले रहेका छन् ।

उनीहरूले भक्तपुर र काभ्रेका विभिन्न स्थानहरूमा सुनका गहना लगाएका व्यक्तिहरूलाई पिछा गर्दै एकान्त पारी सुनका गहना लुटपाट गरेको आरोप छ ।

जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिठीबाट खटिएको प्रहरीले लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको २ वटा मोटरसाइकलसहित लुटपाटमा संलग्नमध्ये बुद्ध, बिशाल, आर्यन र सुदिपलाई पक्राउ गरेको हो । साथै लुटिएको सुनकोस्वरूप परिवर्तन गर्ने चन्द्रबहादुर र लुटिएको सुन किन्ने अमोललाई लुटिएको करिब २ तोला सुनसहित काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर