परराष्ट्र सचिव पौड्यालले भेटे भारतीय विदेशमन्त्री जयशंकर

परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग बुधबार नयाँ दिल्लीमा शिष्टाचार भेट गरेका छन् ।

२ दिने औपचारिक भारत भ्रमणमा रहेका सचिव पौड्यालले बुधबार विदेश मन्त्री जयशंकरसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा नेपाल भारत सम्बन्धमा विभिन्न पक्षको बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघी सचिव पौड्याल र विदेश सचिव विनयमोहन क्वात्राबीच वार्तामा दुवै देशका प्रधानमन्त्रीले भ्रमणको क्रममा गरेका सहमति कार्यान्वयनमा भएको प्रगतिको बारेमा समीक्षा गरेका थिए ।

त्यसैगरी पारवहन सन्धि र त्यसको प्रोटोकल चाँडै सक्ने र व्यापार सन्धिको समीक्षा गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन् । रामायण सर्किटको निर्माणलाई तीव्रता दिने, बिहारको मोतीहारीदेखि चितवनसम्म एलपीजी पाइपलाइन निर्माण कार्यलाई अघि गति दिने विषयमा सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *