चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्शुको नेपाल भ्रमण सम्पन्न, सभामुख सापकोटाले गरे बिदाइ

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुले नेपालको चार दिने भ्रमण सम्पन्न गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान अध्यक्ष लीलाई विदा गरे । चान्शु नेपालबाट दक्षिण कोरियाको भ्रमणमा गएका छन् ।

उनी गत सोमबार ६७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका थिए । नेपालमा रहँदा समकक्षी सापकोटासँग वार्ता गर्नुका साथै दुवै देशको संसदबीच सहकार्य ६ बुँदे सम्झौता गरेका थिए । सभामुख सापकोटाले त्यसै दिन चान्शुको सम्मानमा स्टेट डिनर आयोजना गरेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीभित्र तेस्रो वरियतामा रहेका चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।

त्यसैगरी विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्री नारायण खड्काले सँग भेट गरेका थिए ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि नेपाल आउने वरिष्ठ अधिकारी लि हुन् । नेपाल भ्रमणअघि उनले रुस र मंगोलियाको भ्रमण गरेका थिए । कोरोना महामारीपछि विदेश भ्रमण गर्ने चीनको ७ सदस्यीय पोलिटब्युरो स्ट्यान्डिङ कमिटीका पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर