सेनानी सूरज थापाको नेतृत्वमा २३२ जना नेपाली शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

नेपाली शान्ति सैनिकहरूको २३२ जनाको टोली दक्षिण सुडान प्रस्थान गरेको छ। दक्षिण सुडानमा संयुक्त राष्ट्र मिशनमा तैनाथ श्रीजंग गण (शान्ति सेना) ११औं डफ्फालाई बदली गर्नका लागि शेर गण (शान्ति सेना), एसआईबी १२औं डफ्फाको अन्तिम टोली सेनानी सूरज थापाको नेतृत्वमा त्यसतर्फ गएको हो।

उनीहरू यूएन चार्टर्ड फ्लाइट नेपाल एयरलाइन एयरबस ए–३३० मार्फत काठमाडौंबाट मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

साथै उक्त मिशनमा तैनाथ श्रीजंग गण (शान्ति सेना) ११औं डफ्फाको अन्तिम टोली प्रमुख सेनानी शिखरजंगबहादुर राणाको नेतृत्वमा २२९ जना नेपाली शान्ति सैनिकहरू बिहीबार नै स्वदेश आउने छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेनाले विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा कार्यरत यूएन मिशनहरूमा खटिई शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *