राष्ट्रिय सभाबाट दुई विधेयक पारित

राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मत रूपमा दुवै विधेयक पारित भएका हुन् । दुवै विधेयकका प्रस्तावलाई अर्थमन्त्रीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेस गरेकी थिइन् ।

राष्ट्रिय सभाको अर्काे बैठक यही भदौ ३१ गते शुक्रबार १२ः५९ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *