‘रेड नोटिस’मा रहेका धनुषाका मण्डल कतारबाट पक्राउ

कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी धनुषाको धनौजी गाउँपालिका–५ बहुअर्वाका राजीवकुमार मण्डल पक्राउ परेका छन्। उनलाई प्रहरीले इन्टरपोल दोहा कतारसँगको समन्वयमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

मण्डलसहित दुई जनाले २०७८ भदौ २६ गते बिहान ज्यान मार्ने उद्देश्यले धारिलो हतियार तलवार प्रहार गर्दा गम्भीर घाइते भएका धनुषा धनौजी गाउँपालिका–५ बहुअर्वा बस्ने सरोज मण्डलको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा २०७८ चैत २८ गते मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न मण्डलमाथि जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानको क्रममा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा आवश्यक समन्वय गरेपश्चात् इन्टरपोलले २०७९ भदौ १४ गते रेड नोटिस जारी गरेको थियो।

सो क्रममा इन्टरपोल दोहा कतारसँगको समन्वयमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले मण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीलाई बुझाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर