नेपाली सेनाले माग्यो २ सय २९ अधिकृत क्याडेट

नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो ।

२ सय २९ जना मध्ये ११७ खुला, आदिवासी जनजाति ३०, मधेसी २८, महिला २२, दलित १४, नेपाली सेनाका सन्तति ११ र  पिछडिएको क्षेत्र ७  लागि आवेदन आह्वान गरिएको हो ।

एक महिनाको समयमा देखिएर आजबाट भर्ना लागि आवेदन दिने व्यवस्था गरेको सूचनामा उल्लेख छ । दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ । केन्द्रीय  भर्नाका लागि स्वयम्भूस्थित बारुदखानामा छुट्टाइएको छ भने सात वटै प्रदेशको पृतनामा प्रारम्भीक भर्ना हुने सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर